१० असार २०८३, बुधबार | June 24, 2026

बाँकेमा कोरोना संक्रमित थपिनेको संख्या शुन्य, संक्रमितको उपचार गर्ने अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । बाँके कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछिको पहिलो पटक संक्रमित पुष्टि हुनको संख्या शुन्यमा झरेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा संक्रमण पुष्टि हुनेको संख्या शुन्यमा झरेको हो ।

बाँकेका २ वटा प्रयोगशालामा भएको ६५ नमुना परीक्षणमा बाँकेको कसैलाई पनि संक्रमण पुष्टि भएन । जिल्ला बाहिरका भने ४ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा बाँकेबाट मुत्युको संख्या पनि शुन्य रहेको छ भने बाहिरी जिल्लाका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आज बाँकेमा ५ जना कोरोना मुक्त भएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या ४७ बाँकी रहेको छ भने बाँकेमा बाहिरी जिल्लाका ३० सक्रिय संक्रमितको उपचार भईरहेको छ । जिल्लाका अस्पतालहरुमा ४ जना मेन्टिलेटरमा, १५ जनाको अवस्था सिकिस्त र २० जनाको अवस्था मध्यम रहेको डसिीएमसी बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ४३ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया