१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

शुन्यमा झरेको कोरोना संक्रमणको दर फेरि उकालो चढ्यो, बाँके र रुपन्देहीमा खतराको घण्टी



नेपालगन्ज । लगभग शुन्यमा झरेको बाँके र रुपन्देहीको कोरोना दर आज फेरि बढेको छ । पछिल्लो २४ घण्टाको तथ्याँकमा रुपन्देहीमा ४४ जना र बाँकेमा जिल्ला भित्रका ८ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने बाँकेमा जिल्ला भित्रका १ जना सहित २ जनाको मृत्यु भएको छ । रुपन्देहीमा आज २३ जना कोरोना मुक्त भएका छन् भने बाँकेमा ७ जना डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा अव सक्रिय संक्रमितको संख्या २४९ जना बाँकी रहँदा बाँकेमा जिल्ला भित्रका ४४ जना सहित ७० जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

दिनदिनै सानो संख्यामा संक्रमित थपिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै निषेधाज्ञालाई कडाईका साथ पालना गर्न आदेश दिएको छ । संक्रमण बढेको र तेस्रो लहर आउन सक्ने खतरा प्रति सचेत बनाउँदै नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ५९ बजे

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी