२६ बैशाख २०८१, बुधबार | May 8, 2024

शुन्यमा झरेको कोरोना संक्रमणको दर फेरि उकालो चढ्यो, बाँके र रुपन्देहीमा खतराको घण्टी



नेपालगन्ज । लगभग शुन्यमा झरेको बाँके र रुपन्देहीको कोरोना दर आज फेरि बढेको छ । पछिल्लो २४ घण्टाको तथ्याँकमा रुपन्देहीमा ४४ जना र बाँकेमा जिल्ला भित्रका ८ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने बाँकेमा जिल्ला भित्रका १ जना सहित २ जनाको मृत्यु भएको छ । रुपन्देहीमा आज २३ जना कोरोना मुक्त भएका छन् भने बाँकेमा ७ जना डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा अव सक्रिय संक्रमितको संख्या २४९ जना बाँकी रहँदा बाँकेमा जिल्ला भित्रका ४४ जना सहित ७० जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

दिनदिनै सानो संख्यामा संक्रमित थपिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै निषेधाज्ञालाई कडाईका साथ पालना गर्न आदेश दिएको छ । संक्रमण बढेको र तेस्रो लहर आउन सक्ने खतरा प्रति सचेत बनाउँदै नागरिकलाई स्वास्थ्य सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ५९ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक