१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना झनै बढ्दो, सीसीएमसी नेतृत्वविहीन



काठमाडौं । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ ।

कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी ९सीडीओ०लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा गरेको छ ।

न्द्र सरकारअन्तर्गत यसअघि उच्चस्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मार्फत आवश्यक योजना तथा रणनीति तय गरेर कोरोना नियन्त्रणको काम हुँदै आएकोमा अहिले सीसीएमसी नै नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

सीसीएमसी नेतृत्वविहीन बनेपछि पछिल्लो समय बैठक बस्न सकेको छैन भने नेतृत्व चयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि चासो देखाएका छैनन् ।

सरकारले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेपछि सीसीएमसीको भूमिका कमजोर बन्दै गएको अवस्थामा पुनः उपप्रधान तथा सीसीएमसी संयोजक पोखरेललाई हटाइएपछि सीसीएमसी नेतृत्वविहीन अवस्थामा पुगेको हो । आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : ०२ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको