२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेपालमै रेम्डिसिभिर उत्पादनसँगै कोरोना उपचार सहज



काठमाडौं । कोरोना सङ्क्रमणले सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्ने, अभाव उस्तै र महँगो पनि थियो, तर यो एकरडेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो ।

केही दिनयता नेपालमै बनेको रेम्डिसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको क्षेत्रमा नेपालले आँटे गर्न सक्ने क्षमता पनि देखिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अब रेम्डिसिभिर सर्वसुलभ भएको छ । केही समय अघिसम्म यो औषधि सहजै पाउन मुस्किल थियो । धेरै सङ्क्रमित रेम्डिसिभिर नपाएर अस्पतालमा छटपटाइरहेका हुन्थे । रेम्डेसिभिर पाउन ठूलै पहुँच हुनुपथ्र्यो ।

सरकार र निजी क्षेत्रको प्रयासले अब त्यो अवस्था अन्त्य भइ औषधि देशभित्रै सर्वसुलभ हुन थालेको छ । यसअघि सङ्क्रमितको उपचारमा संलग्न चिकित्सकले तत्काल रेम्डिसिभिरको व्यवस्था गर्न भन्ने तर औषधि नपाएपछि बिरामीको मृत्यु हुने गरेको थियो ।

काठमाडौंको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उनलाई काठमाडौंको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डिसिभिर व्यवस्था गर्न भनेपछि उनका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहारे, नेताहरूलाई भनसुन गरे । जति मूल्यमा पनि खरिद गर्न तयार भए तर बजारमा रेम्डिसिभिर अभावका कारण पाउन सकेनन् । त्यसको केही दिनपछि बुवाको निधन भयो ।

चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए । रेम्डिसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डिसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीले रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’ हुन नसकेको बताए । उनले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुन सक्ने भन्दै त्यो विषयमा छलफल भइरहेको जानकारी दिए ।

अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग छलफल भइरहेको जानकारी दिँदै उनले नीति परिवर्तन गरेर खोप उत्पादन गर्न सकिने बताए । जनशक्ति टेक्नोलोजी ट्रान्सफर भएको अवस्थामा नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन हुने दाबी डा. ज्ञवालीले गरे ।

आयान हेल्थ केयरका प्रमुख डा. अबुल अन्सारीले कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा रेम्डिसिभिरको चरम अभाव रहेको जानकारी दिए । त्यो बेला रेम्डेसिभिर पुर्याउन धेरै ठूलो सकस परेको जानकारी दिँदै उनले अहिले त्यो अवस्था नरहेको बताए । आयान हेल्थ केयरले मात्र ४० हजार भायल रेम्डिसिभिर बङ्गलादेशबाट ल्याएको जानकारी दिँदै उनले तीमध्ये अहिले पनि तीन हजार मात्रा बाँकी रहेको बताए ।

डा. अन्सारीले नेपाली बजारमा जति पनि आएका रेम्डिसिभिरको गुणस्तर परीक्षण गर्नुपर्ने बताए । सङ्क्रमितको सङ्ख्या घटेको र रेम्डिसिभिरको आपूर्ति बढी भएर अवस्था सहज भएको उनले जानकारी दिए । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले अब नेपालमा रेम्डिसिभिरको अभाव नहुने बताए ।

केही समय अघिसम्म चरम अभाव रहे पनि हाल मागभन्दा आपूर्ति बढी भएको जानकारी दिँदै उनले रेम्डेसिभिर नेपालमा उत्पादन हुन थालेको र विभागले बजारमा ल्याउन स्वीकृति दिइसकेको जानकारी दिए । नेपालमा रेम्डिसिभिर उत्पादन भइसकेको छ । वीरगञ्जस्थित नेसनल हेल्थ केयर प्रालिले रेम्डिसिभिर उत्पादन गरेको हो ।

नेसनल हेल्थ केयरका कार्यकारी निर्देशक जगदीश रुङ्गटाले हाललाई १५ हजार मात्रा रेम्डिसिभिर उत्पादन गरेको जानकारी दिए । उनले आइतबार औषधि व्यवस्था विभागबाट बजारमा ल्याउनका लागि स्वीकृति दिइएको बताए । एक साताअघि यो रेम्डेसिभिर नेपाली बजारमा आएको हो । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ४७ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा