६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवल र बर्दिबासमा डिसहोमको उच्चगतिको फाइबर नेट सुरु



काठमाडौं । डिसहोम फाइबर नेट काठमाडौं उपत्यका बाहिर थप दुई ठाउँमा उपलब्ध हुने भएको छ । डिसहोमले आफ्नो लोकप्रिय फाइबर नेट बुटवल र बर्दिबासमा पनि विस्तार गरेको हो ।

बुटवल उपमहानगर क्षेत्रको तल्लो सिद्धबाबा, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदवारी, भाटभटेनी लाइन, सुख्खानगर, एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दिपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेस क्याम्प, रामनगर एरिया, बुटवल चौरहामा फाइबर नेट उपलब्ध भएको डिस होमले जनाएको छ । छिट्टै नै बुटवल र आसपासका अन्य क्षेत्रमा पनि फाइबर नेट उपलब्ध भएको डिसहोमले बताएको छ ।

यसैगरी बर्दिबास नगर क्षेत्रको लालगढको हस्पिटल चोक, धनौजी, पानीट्यांकी, आदर्श टोल, श्रेष्ठ टोल, सुनौलो बस्ती, बाल टोल, सिन्धुली रोड, यातायात, हमाल टोल, जनता मावि, बुद्ध चोक, औराही रोड, बर्दिबास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलाटार, नमुना बस्ती, बगाच्छी टोल, गौरीडाँडा, गौरडाँडा १६ बिघा, ढुंगाना टोल र रेडियो नेपाल क्षेत्रमा फाइबर नेट उपलब्ध भएको छ ।
फाइबर नेट जोड्दा टेलिभिजन च्यानलहरु समेत सित्तैमा हेर्न पाइने सुविधा रहेको छ ।

सन् २०२० को फेब्रुअरीमा डिसहोमले फाइबर नेटको सुरुवात गरेको थियो । आफ्ना उपभोक्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्न डिसहोमले फाइबर नेट सुरु गरेको थियो ।

डिटीएच प्रयोगकर्ता उपभोक्तालाई एचडी गुणस्तरमा टेलिभिजन च्यानलको सेवा दिइरहेको डिसहोम नेपाल उपभोक्ताको बीचमा लोकप्रिय रहँदै आएको छ । डिसहोमले छिटो, छरितो, सस्तो, विश्वसनीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : ३७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको