१ पुस २०८२, मंगलबार | December 16, 2025

अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै सकियो एमाले कार्यदलको बैठक, भोलि १ बजे फे‍रि बस्ने



काठमाडौं । एमालेको एकताका लागि पुनः ब्ष्युँतिएको कार्यदलको आजको बैठक भोलि दिउँसो बस्ने गरी सकिएको छ ।

सिंहदरबारमा बसेको एकता कार्यदलको बैठक अनौपचारिक रूपमा भएका छलफलहरूको पुनरावलोकन गर्दै भोलि १ बजे फे‍रि बस्ने गरी सकिएको कार्यदलका एक सदस्यल् बताए । ‘आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो र भोलि १ बजे बस्ने निर्णय भयो ।’ ती सदस्यले भने ।

आइतबार राति बालुवाटारमा अध्यक्ष ओलीसँगको वार्तामा नेता भीम रावलले कार्यदल ब्युँताएर एकताको प्रक्रिया टुंग्‍याउनुबाहेकको अरु विकल्प नभएको बताए पछि निष्क्रिय रहेको कार्यदल ब्युँताउन ओली सहमत भएका थिए । ओली कार्यदल ब्युँताउन सहमत भएसँगै गत ५ जेठदेखि निष्क्रिय रहेको कार्यदलको बैठक बसेको हो ।

ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गराएर कार्यदलकै नेपाल पक्षका संयोजक रावललाई पार्टीबाट निस्काशन गरे पछि कार्यदल निष्क्रिय जस्तै बनेको थियो ।

पार्टी एकतासम्बन्धी विवाद समाधानका भन्दै ओली र नेपाल पक्षका ५-५ जना रहने गरि गत जेठ २ गते कार्यदल गठन भएको थियो ।

कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज