११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बिगत ३ दिन देखि रुपन्देहीमा कोरोना सक्रमणको दर उकालो लाग्दै



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा भएको १२० नमुना परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा जिल्लाका होम आइसोलेशन सहित अस्पतालहरुबाट २१ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ३ दिनमा रुपन्देहीमा कोरोना संक्रमणको दर बढेको देखिएको छ । असार २० गते १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २१ गते २८ जना र २२ गते ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पनि थपिँदै गएको छ । पछिल्लो ३ दिनमा असार २० गते ३०५ जनामात्र जिल्लामा सक्रिय संक्रमित रहेकोमा २१ गते ३२९ जना र २१ गते ३४१ जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा मृत्युको संख्या भने २ दिन देखि शुन्यमा झरेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ४१ बजे

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान