१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या



काठमाडौं । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो ।

यो समाचार तयार पार्दासम्म प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्ट मार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् ।

प्रहरीले घटनापछि जेनीका श्रीमान् मनबहादुरसँग पारिवारिक जानकारी लिएको छ । मानबहादुरले आफ्नो श्रीमती विगत एक वर्षदेखि मानसिक समस्यामा रहेको र आफूहरूले उनको उपचारसमेत गर्दै आएको बताएका छन् । मानसिक समस्या देखिएपछि उनी केही समय विपासनामा बसेको र त्यसपछि साधुका रूपमा पशुपतिमा समेत गएर बस्न थालेको पनि उनका श्रीमान्ले प्रहरीलाई बताएका छन् ।

आफ्नी श्रीमतीले एक वर्ष अघिबाट मानसिक समस्याको औषधि सेवन गर्दै आएको र उनलाई खुसी राख्न आफूहरूले सक्दो प्रयास गर्दै आएको पनि श्रीमान्ले बताएका छन् । आफू कामले चाबहिल गएको बेला आत्महत्या गरेको खबर आएपछि घर फर्किएको उनले प्रहरीलाई बताएका छन् ।

जानकी कुँवरको नामले कला यात्रा सुरु गरेकी उनले केही टेली चलचित्र खेलेपछि नयाँ चलचित्र बज्रपातको छायांकनको क्रममा नाम परिवर्तन गरेर जेनी बनाएकी थिइन् । जेनीले बज्रपात र हलचल गरी दुई चलचित्रको निर्माण पनि गरेकी थिइन् । यी दुवै फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।

यस्तै उनले नायिकाका रूपमा ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तीपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

उनी पछिल्लो समय धार्मिक गतिविधिमा पनि सक्रिय थिइन् । पशुपतिको वनकाली क्षेत्रमा रहेको कुँवरहरूको कुलायन मन्दिरमा गएर उनी साधुका रूपमा बेलाबेलामा पूजापाठमा समेत व्यस्त हुने गरेकी थिइन् । जसका कारण उनी युट्युबमा माताका रूपमा भाइरलसमेत भएकी थिइन् ।

उनले योबीचमा सामाजिक कार्यसँगै योग र ध्यान सिकाउने कार्य पनि गर्दै आएकी थिइन् । फिल्मी अभिनय र सांसारिक सुख छाडेर वैराग्य अँगाल्दै साधु जीवनमा लागेकी उनले कसरी आत्महत्या गरिन् भनेर परिवारका सदस्यले प्रश्न उठाएका छन् । आजको राजधानी दैनिकमा डब्बु क्षेत्रीले लेखेकी छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : १५ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै