१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमाले विवाद : दुवै पक्षका कार्यदल सदस्य भन्छन्, – आजै टुंग्याउने प्रयासमा छौं



काठमाडौं । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका मस्यौदलाई आजै टुंग्याउने प्रयास गरेको छ ।

सिंहदरबारमा ५ घण्टादेखि बसिरहेको बैठकमा आजै सहमति खोज्ने प्रयास भैरहेको कार्यदल सदस्यहरुले बताएका छन् ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट सदस्य बनेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भैरहेको बताएका छन् ।

यस्तै, माधवकुमार नेपाल पक्षबाट सदस्य बनेका नेता रघुजी पन्तले पनि विवाद समाधान आजै टुंग्याउने गरी सकारात्मक छलफल भइरहेको बताएका छन् ।

कार्यदल सदस्यहरुले सहमतिको मस्यौदामा छलफल गरिरहेका छन् । लगातार १० दिनदेखि बसिरहेको कार्यदल बैठकमामा सहमति भए अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँगै कार्यदलको संयुक्त बैठक बस्ने र त्यहिँबाट दुई शीर्ष नेताको सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : २८ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा