२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एमाले कार्यदलकाे बैठक सकियाे : एमाले विवाद सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुको दाबी



काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज बसेको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । बैठकमा सहभागी ओली नेपाल पक्षका कार्यदल सखस्यहरुले सहमतिको बिन्दु नजिकै पुगेको प्रतिक्रिया दिएपनि सहमतिको विषयहरु भने खुलाएका छैनन् । आज झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादका विन्दुहरु पलिल्याउँदै समाधानको उपाय निकालिएको कार्यदलका सदस्यहरुले दाबी गरेका छन् ।

बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिन्दै एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर शनिबार टुङ्ग्याईने जानकारी दिए । ‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । उनले भने, ( एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु ।’

कार्यदलका एक सदस्यहरुका अनुसार पार्टीको सांगठानिक संरचना २०७५ जेठ २ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् । यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनिएको भन्दै सहमतिका विषय खुलाउन मानेनन् ।

कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताउँदै बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ०९ बजे

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा