१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी



काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ । निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरी बैठक बसेको हो ।

बैठक सुरु हुनुअघि कार्यदलमा माधव नेपाल पक्षका नेताहरु कोटेश्वर पुगेर नेता नेपालसँग भेट गरेका छन् । अन्तिम सहमतिको ड्राफ्टमा छलफल गर्नुअघि नेपाल पक्षका नेताहरुले परामर्श गरेका हुन् ।

बैठकमा ओली पक्षका कार्यदल सदस्य शंकर पोखरेल र नेपाल पक्षका सदस्य रघुजी पन्त अनुपस्थित छन् । तर, कार्यदलमा नरहेका नेपाल पक्षका भीम आचार्य सहभागी भएका छन् ।

नेपाल पक्षका नेताहरु कोटेश्वर पुग्दा ओली पक्षका नेताहरु भने सिंहदबारमै बसेका थिए ।

कार्यदलस्तरम झण्डै सहमतिमा पुगेका नेताहरुले पार्टीभित्र देखिएको विवाद मिलाउन अन्तिम सहमतिको खाका तयार भैरहेको बताएका छन् । शनिबार बिहानैदेखि कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफल भएको थियो ।

शुक्रबार झण्डै सात घण्टा बसेको बैठकले धेरै विषयमा सहमति जुटाएका कारण आज शनिबार त्यसले सार्थकता पाउने नेताहरुले बताएका थिए ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै, नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

 

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : २८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा