१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी



काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ । निर्धारित समय भन्दा दुई घण्टा ढिलो गरी बैठक बसेको हो ।

बैठक सुरु हुनुअघि कार्यदलमा माधव नेपाल पक्षका नेताहरु कोटेश्वर पुगेर नेता नेपालसँग भेट गरेका छन् । अन्तिम सहमतिको ड्राफ्टमा छलफल गर्नुअघि नेपाल पक्षका नेताहरुले परामर्श गरेका हुन् ।

बैठकमा ओली पक्षका कार्यदल सदस्य शंकर पोखरेल र नेपाल पक्षका सदस्य रघुजी पन्त अनुपस्थित छन् । तर, कार्यदलमा नरहेका नेपाल पक्षका भीम आचार्य सहभागी भएका छन् ।

नेपाल पक्षका नेताहरु कोटेश्वर पुग्दा ओली पक्षका नेताहरु भने सिंहदबारमै बसेका थिए ।

कार्यदलस्तरम झण्डै सहमतिमा पुगेका नेताहरुले पार्टीभित्र देखिएको विवाद मिलाउन अन्तिम सहमतिको खाका तयार भैरहेको बताएका छन् । शनिबार बिहानैदेखि कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफल भएको थियो ।

शुक्रबार झण्डै सात घण्टा बसेको बैठकले धेरै विषयमा सहमति जुटाएका कारण आज शनिबार त्यसले सार्थकता पाउने नेताहरुले बताएका थिए ।

१० सदस्यीय कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै, नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

 

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : २८ बजे

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा