काठमाडौं । पछिल्लो २४ घण्टामा २३७० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ११ हजार ५८४ जनामा परीक्षण गर्दा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।
यसै अवधिमा १ हजा १३३ जना मात्र संक्रमण मुक्त भएका छन् । पछिल्लो एक सातायता संक्रमणमुक्त हुनेको संख्या संक्रमितको भन्दा धेरै कम रहेको छ । जसका कारण सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया