१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पार्टी विभाजन रोक्न प्रयास गर्दा भीम रावललाई आयो केही नेताहरुबाट धम्कीयुक्त फोन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एमालेको विवाद समाधान कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

नेता रावलले पार्टीलाई विभाजन गर्नबाट रोक्ने प्रयास गर्दा आफुलाई भारतीय गुप्तचरसँग भेट गरेको, एमालेको कार्यबहाक अध्यक्ष बनाउने प्रस्तवालाई स्वीकार गरेको जस्ता कपोलकल्पित आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

रावलले यस्तो समाचार नेपाली राजनीतिक सत्ताको फोहोरी खेल तथा षड्यन्त्रको तथ्यको परिचय भएको टिप्पणी गरेका छन् ।

रावलले षड्यन्त्रको कुप्रचार गर्न २७ गते नै किन रोजियो भन्नेबारेमा केही विश्लेषण समेत गरेका छन् । उनका अनुसार एमालेलाई विभाजनबाट नरोक्नका लागि केही राजनीतिक दलका नेताहरुबाट आफुलाई दबाब र धम्कीयुक्त फोन आएको थियो ।

रावलले ती षड्यन्त्रकारी को हुन् भन्नेबारे जानकार भएको अर्थमा लेखेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो भयो कि भनि कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारीदिनुपर्छ कि जस्तो पनि लाग्छ ।’

पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामुख घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन । यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु । नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी झुक्ने छैन । देशघाती र जनघातीहरुको कुप्रचारबाट म रत्तिभर विचलित हुनेछैन ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम