२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

पार्टी विभाजन रोक्न प्रयास गर्दा भीम रावललाई आयो केही नेताहरुबाट धम्कीयुक्त फोन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं एमालेको विवाद समाधान कार्यदलमा नेपाल पक्षका संयोजक भीम रावलले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

नेता रावलले पार्टीलाई विभाजन गर्नबाट रोक्ने प्रयास गर्दा आफुलाई भारतीय गुप्तचरसँग भेट गरेको, एमालेको कार्यबहाक अध्यक्ष बनाउने प्रस्तवालाई स्वीकार गरेको जस्ता कपोलकल्पित आरोप लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

रावलले यस्तो समाचार नेपाली राजनीतिक सत्ताको फोहोरी खेल तथा षड्यन्त्रको तथ्यको परिचय भएको टिप्पणी गरेका छन् ।

रावलले षड्यन्त्रको कुप्रचार गर्न २७ गते नै किन रोजियो भन्नेबारेमा केही विश्लेषण समेत गरेका छन् । उनका अनुसार एमालेलाई विभाजनबाट नरोक्नका लागि केही राजनीतिक दलका नेताहरुबाट आफुलाई दबाब र धम्कीयुक्त फोन आएको थियो ।

रावलले ती षड्यन्त्रकारी को हुन् भन्नेबारे जानकार भएको अर्थमा लेखेका छन्, ‘एमाले कतै विभाजनबाट रोकिने पो भयो कि भनि कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारीदिनुपर्छ कि जस्तो पनि लाग्छ ।’

पद र प्रतिष्ठाको लागि बाह्य शक्तिका सामुख घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन । यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछु । नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी झुक्ने छैन । देशघाती र जनघातीहरुको कुप्रचारबाट म रत्तिभर विचलित हुनेछैन ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ३९ बजे

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ