१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना अपडेट : २९०५ संक्रमित थपिए, १६०६ संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं । बुधबार थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर २ हजार ९०५ जना पुगेको हो । मंगलबार २३९८ जनामा संक्रमण पुष्ति भएको थियो ।

मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेभन्दा संक्रमितको संख्या बढी हुँदा सक्रिय संक्रमितको संख्या पनि फेरि बढ्दै गएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ४१ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै