१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कोरोना अपडेट : २९०५ संक्रमित थपिए, १६०६ संक्रमणमुक्त, १८ जनाको मृत्यु



काठमाडौं । बुधबार थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर २ हजार ९०५ जना पुगेको हो । मंगलबार २३९८ जनामा संक्रमण पुष्ति भएको थियो ।

मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । संक्रमित हुनेभन्दा संक्रमितको संख्या बढी हुँदा सक्रिय संक्रमितको संख्या पनि फेरि बढ्दै गएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ४१ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।