१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, लामो दूरीका सवारी संचालनबारे निर्णय हुने



काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारी (सीडीओ)को बैठक आज बस्दै छ ।

जारी निषेधाज्ञाको समीक्षा र आगामी साताको रणनीतिबारे निर्णय गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरु बैठक बस्न लागेका हुन् । बैठक दिउँसो १ बजे बस्नेछ ।

‘यसअघि थप गरिएको निषेधाज्ञा आज सकिने भएका कारण आजको बैठकले केही छुटका साथ निषेधाज्ञा थप गर्ने निर्णय हुने बताइएको छ । विशेष गरी लामो दूरीका सवारी साधन संचान गर्न दिने विषयमा छफफल केन्द्रित हुन लागेको छ ।

अत्यावश्यक कामले काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्रिने यात्रुले अहिले साना सवारीमा बढी भाडा तिर्न परेको गुनासो आइरहेका कारण अब लामो दूरीका बस संचालनको निर्णय हुने बुझिएको छ । यसअघि पासका आधारमा उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात संचालनको व्यवस्था गरिएको थियो ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर बढ्न थालेपछि सरकारले गठन बैशाख १६ गतेदेखि उपत्यकामा लगातार निषेधाज्ञा लगाउँदै आएको छ । तर, असार महिनादेखि भने निषेधाज्ञामा धेरै छुट दिइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : २० बजे

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन