१५ माघ २०८२, बिहिबार | January 29, 2026

देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय, विवाद समाधान कार्यदल विघटन



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टी प्रतिपक्षमा पुगेपछि पहिलो पटक बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले पार्टीको निर्णय अनिवार्य मान्न आफ्ना सबै सांसदहरुलाई निर्देशन दिएको छ । ज्ञवालीले भने, ‘अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।’ बैठकले अब संसदमा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निभाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीभित्रको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदल विघटन गरेको छ । एमालेमा चलिरहेको विवाद समाधानका लागि गत जेठ २ मा गठित कार्यदलले असार २७ गते तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेर कार्यदल विघटन गरिएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकमा ओली पक्षका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । बैठक अघि कार्यदलमा नेपाल पक्षका सदस्यहरु बैठक रोक्ने अनुरोध गर्न अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । ओलीले बैठक रोक्न अस्विकार गरेपछि उनीहरु बैठकमा सहभागी नभई फर्केका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ४९ बजे

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले