१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा



काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको भन्दै परेको पुनरावलोकन निवेदनको सुनुवाइ पूरा भएर पनि निर्णय नआउँदा सर्वोच्चमा सयौं भ्रष्टाचार मुद्दा रोकिएका छन् ।

शर्माको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासमा ६ फागुन २०७७ सम्म ‘हेर्दाहेर्दैमा’ रहेको थियो । सो मुद्दा १९ चैत २०७७ मा निसुमा राखियो । २ वैशाख २०७८ मा निसु सरेको मुद्दा ९ वैशाख २०७८ मा हेर्न नभ्याउने सूचीमा राखिएको छ । त्यसपछि शर्माको मुद्दामा सर्वोच्चले कुनै पेसी तोकेको छैन । यो मुद्दाको इजलास तोकिएका न्यायाधीश भण्डारी १३ जेठ २०७८ मा अनिवार्य अवकाश पाइसकेका छन् । त्यसपछि यो मुद्दाको निर्णय कहिले हुन्छ अझै अन्योल छ ।

७ मंसिर २०६४ मा शर्माको मुद्दामा विशेष अदालतका तत्कालीन अध्यक्ष भुपध्वज अधिकारी, सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले शर्मालाई सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको थियो । त्यतिबेला अधिकांश भ्रष्टाचार मुद्दा विशेष अदालतले सफाइ दिएको थियो ।

विशेष अदालतमा हुँदा हालका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले तत्कालीन अवस्थामा ३६ वटा भ्रष्टाचार मुद्दामध्ये ३५ वटामा सफाइ दिएको थियो । तीमध्ये शर्माको मुद्दा पनि एक हो । आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४५ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल