१६ माघ २०८२, शुक्रबार | January 30, 2026

आज ईदुल अज़हा ‘बकर ईद’ अर्थात बलिदानको पर्व : नेपाली मुसलमानहरुले धुमधामका साथ मनाउँदै



बुटवल । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वकारुपमा रहेको छ भने ईदुल अज़हा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलिचालीको भाषामा ईदुल अज़हालाई बकर ईद पनि भन्ने गरिन्छ ।

दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ईदुल अज़हा धर्म रक्षाका लागि पुर्वजहरुले गरेको बलिदानको सम्झना स्वरुप मनाउने गरिन्छ । यसलाई कुर्बानीको पर्व पनि भनिन्छ ।

आजभन्दा चार हजार वर्ष पहिला ईस्लामको धर्मगुरु हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुर्बानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। अल्लाहका लागि बलिदान दिन तयार छौं भन्ने सन्देश यो पर्वले प्रतिबिम्बित गर्ने गर्दछ ।

ईद चाड सकिएको अढाई महिनापछि हिजरीको जिहहिला महिनाको १० तारिखका दिन ईद उल अदाहा चाड मनाउँदछ्न् । यस चाडमा नेपाली मुसलमानहरु राँगा, बोकाको बलि दिन्छन् भने अरब र ईस्लाम बाहुल्य देशहरुमा गाईको बलि दिने गर्दछन् । बलिदानबाट आएको मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिब असहायहरुलाई दान गर्दछ्न् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन पनि रहेको छ।

ईद उद अदाहाका दिन यस दिन बिहान सबै मानिस मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन गर्ने उद्देश्यका साथ घरबाट निस्किन्छन, त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ ।

नमाज पढ्ने स्थानलाई ईदगाहा भनिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन ‘अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द’, यसको नेपाली अर्थ ‘अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन् ।’

ईदुल अज़हाका बिहानै इदगाहामा नमाज पढेपछि नमाजबाट फर्किएर यथाशक्य कुर्बानी (पशुबली) गर्छन्। सक्नेले राँगो, खसी, बोका लगायतका जनावरलाई अल्लाहको नाममा समर्पण गरेर यो पर्व मनाउने गरिन्छ । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। कोरोना कहरका कारण ईद उल फित्रमा जस्तै ईदुल अज़हाको नमाज पनि नेपाली मुसलमानहरुले घर मै नमाज पढेर मनाएका छन् । कतिपय स्थानमा निषेधाज्ञा अुकुलो बनाएको फाईदा उठाउँदै इदगाहा पुगेर नमाज पढेका छन् ।

सरकारले यसै वर्षबाट मुस्लिम समुदायले ईद उल अदाहाका दिन सार्वजानिक बिदा दिएको छ । बिदाको दिन बिभिन्न शैक्षिक संस्थाहरुले परीक्षा स्थगित नगरेको समुदायको गुनासो छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ३९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र