७ पुस २०८२, सोमबार | December 22, 2025

फेरि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको माधव नेपालको दाबी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो पटक संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारेको दाबी गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा गरेको प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले साउन ३ गते संसद विघटन गर्ने षड्यन्त्रलाई असफल पारिएको दाबी गरेका हुन् । नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिइ संसद विघटन गर्न खोजिएको षड्यन्त्रलाई आफु सहितका सांसदहरुले असफल बनाएको बताए ।

नेपालले संसद विघटन गर्ने आफ्नो कदम ठीक भएको देखाउन आफ्नै पार्टीका केपी शर्मा ओलीले विश्वासको मत नदिने षड्यन्त्र गरेको जिकिर गरे । ‘तर हामीहरुले त्यसलाई असफल बनायौं’, उनले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’

नेपालले देउवालाई विश्वासको मत दिने आफुसहित नेकपा एमालेका २३ जना (झलनाथ खनालसहित) र विपक्षमा मतदान नगर्ने ११ जनालाई सलाम भने ।

नेपालले अहिले पनि अध्यक्ष ओलीले राजामहाराजाको शैली देखाइरहेको आरोप लगाए । उनले ओलीलाई कटाक्ष गर्दै भने, ‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ। महाराजाधिराजबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ गदगद भयौँ ।’ बिहीबारमात्रै ओलीले यही सभाहलबाट माधवनेपालहरुलाई आम माफीको घोषणा गरेका थिए ।

नेपालले आफुले अझै पनि उनले ओली सुध्रिएलान् भनेर आफूले संयमता अपनाइरहेको पनि बताए। ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको भन्दै उनले १२१ सिटको कम्युनिष्ट पार्टी ८३ सिटमा झरिसक्दा पनि ओलीले नचेतेको टिप्पणी गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : ४४ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले