२४ बैशाख २०८१, सोमबार | May 6, 2024

विवादित प्रदेश प्रमुख धर्मनाथ यादवलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री पाेखरेलबाट विदाई



बुटवल । प्रदेशसभामा स्पष्ट अल्पमतमा रहेका शुंकर पोखरेललाई मुख्यमन्त्रीमा नियक्त गरेको आरोप खेपेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालय पुगेर विदाई गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री पोखरेलले यादवलाई विदाई गरेका थिए । मंगलबार मात्र मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति बिद्यादेबी भण्डारीले यादवलाई पदमुक्त गरेकी थिईन् । मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।

काँग्रेस नेतृत्वका सरकारले ७ माघ २०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारले झालाई हटाएर यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

झण्डै साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादव आफ्नो कार्यकालमा विवादीत प्रदेश प्रमुख बनिरहे । यादवलाई लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाएको छ । यादवले विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव सहित संसद बोलाउन समाबेदन गर्दा नबोलाएको, किर्ते हस्ताक्षरको भरमा मुख्यमन्त्री नियुक्त गरेको, विपक्षी बिरुद्ध बल प्रयोग गरेर मुख्यमन्त्री कार्यालय मै पुगेर सपथ खुवाएको जस्ता आरोप विपक्षी गठबन्धनले लगाउने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र