८ आश्विन २०८३, बिहिबार | September 24, 2026

विवादित प्रदेश प्रमुख धर्मनाथ यादवलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री पाेखरेलबाट विदाई



बुटवल । प्रदेशसभामा स्पष्ट अल्पमतमा रहेका शुंकर पोखरेललाई मुख्यमन्त्रीमा नियक्त गरेको आरोप खेपेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालय पुगेर विदाई गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री पोखरेलले यादवलाई विदाई गरेका थिए । मंगलबार मात्र मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति बिद्यादेबी भण्डारीले यादवलाई पदमुक्त गरेकी थिईन् । मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।

काँग्रेस नेतृत्वका सरकारले ७ माघ २०७४ मा प्रथम प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नियुक्त गरे पनि ओली नेतृत्वको सरकारले झालाई हटाएर यादवलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

झण्डै साढे २ वर्ष प्रदेश प्रमुख बनेर बाहिरिएका यादव आफ्नो कार्यकालमा विवादीत प्रदेश प्रमुख बनिरहे । यादवलाई लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले अल्पमतका मुख्यमन्त्रीलाई नियुक्ति दिएको आरोप लगाएको छ । यादवले विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव सहित संसद बोलाउन समाबेदन गर्दा नबोलाएको, किर्ते हस्ताक्षरको भरमा मुख्यमन्त्री नियुक्त गरेको, विपक्षी बिरुद्ध बल प्रयोग गरेर मुख्यमन्त्री कार्यालय मै पुगेर सपथ खुवाएको जस्ता आरोप विपक्षी गठबन्धनले लगाउने गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ५९ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने