१४ चैत्र २०८२, शनिबार | March 28, 2026

माधव नेपाल जस्ता देशद्रोहीका लागि एमालेमा ठाउँ छैन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको आज आयोजित बैठकमा बोल्दै उनले वामपन्थीको सरकार ढाल्न अग्रसर भएको आरोप लगाउँदै नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन । अध्यक्ष ओलीले नेपालले आफ्नै पार्टीको वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन विश्वासको मत दिएको आरोप लगाए ।

उनले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने ? त्यस्ताका लागि ठाउँ छैन ।’

ओलीले नेपाल बाहेक अरु नेताहरु पार्टीमा फर्किए मौका दिइने बताए । बाटो बिराएका अरु नेताहरु भने पार्टीमा फर्किन सक्ने ओलीले बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

अब पार्टीमा खुट्टा तान्ने कोही नभएको र आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी उनको थियो।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ४९ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति