१ पुस २०८२, मंगलबार | December 16, 2025

माधव नेपाल जस्ता देशद्रोहीका लागि एमालेमा ठाउँ छैन : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

एमाले काठमाडौं जिल्ला कमिटीको आज आयोजित बैठकमा बोल्दै उनले वामपन्थीको सरकार ढाल्न अग्रसर भएको आरोप लगाउँदै नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन । अध्यक्ष ओलीले नेपालले आफ्नै पार्टीको वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन विश्वासको मत दिएको आरोप लगाए ।

उनले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने ? त्यस्ताका लागि ठाउँ छैन ।’

ओलीले नेपाल बाहेक अरु नेताहरु पार्टीमा फर्किए मौका दिइने बताए । बाटो बिराएका अरु नेताहरु भने पार्टीमा फर्किन सक्ने ओलीले बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

अब पार्टीमा खुट्टा तान्ने कोही नभएको र आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी उनको थियो।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ४९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज