९ बैशाख २०८१, आइतबार | April 22, 2024

मेलम्ची अपडेट : १७ घर टहरा बगायो बाढीले



सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए ।

बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितले दिएको जानकारी अनुसार वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उहाँले बताउनुभयो । हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

रासस

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : ५० बजे

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले

तम्घास । गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा डा. तिलकराम आचार्य

ओमानलाई हराउदै युएई एशिया कपमा छनौट

काठमाडौं । युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो

बैंगलोरमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

काठमाडौं। कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलोरमाथि रोमाञ्चक जित हासिल