२९ मंसिर २०८२, सोमबार | December 15, 2025

स्थायी समिति बैठकअघि अध्यक्ष प्रचण्डले भेटे एमाले वरिष्ठ नेता नेपाललाई



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठकको एजेण्डाको तय गर्ने विषयमा छलफल हुँदैछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा पनि छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग भेट गरेका हुन् । एमालेको नेपाल पक्षकै कारण सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन् । नेपाल पक्षले पार्टी एकताको प्रयास र गठबन्धनसँग सहकार्य दुवैतिर गरिरहेका कारण मन्त्रिपरिषद् विस्तार प्रभावित बन्दै आएको छ ।

सत्ता साझेदार दलहरु माओवादी र कांग्रेसले नेपाल पक्ष पनि सरकारमा सहभागी बनोस भन्न चाहन्छन् । तर, नेपालले नत सरकारमा सहभागी बन्ने निर्णय गर्न सकेका छन्, नत एमालेभित्रै अध्यक्ष ओलीसँग मिल्ने अवस्था रहेका छ । नेपाल पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु सरकारमा सहभागी बन्नुपर्ने अडानमा रहेका छन् । अध्यक्ष केपी ओलीसँग एकताको प्रयास गरिरहेका केही नेताहरुले भने सरकारमा जानै नहुने तर्क गरिरहेका छन् ।

तर, शनिबार मात्रै ओलीले नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको आरोप लगाउँदै नेपाललाई एमालेमा कुनै स्थान नभएको स्पष्ट पारेका थिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : २९ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार