७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थायी समिति बैठकअघि अध्यक्ष प्रचण्डले भेटे एमाले वरिष्ठ नेता नेपाललाई



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठकको एजेण्डाको तय गर्ने विषयमा छलफल हुँदैछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा पनि छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग भेट गरेका हुन् । एमालेको नेपाल पक्षकै कारण सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन् । नेपाल पक्षले पार्टी एकताको प्रयास र गठबन्धनसँग सहकार्य दुवैतिर गरिरहेका कारण मन्त्रिपरिषद् विस्तार प्रभावित बन्दै आएको छ ।

सत्ता साझेदार दलहरु माओवादी र कांग्रेसले नेपाल पक्ष पनि सरकारमा सहभागी बनोस भन्न चाहन्छन् । तर, नेपालले नत सरकारमा सहभागी बन्ने निर्णय गर्न सकेका छन्, नत एमालेभित्रै अध्यक्ष ओलीसँग मिल्ने अवस्था रहेका छ । नेपाल पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु सरकारमा सहभागी बन्नुपर्ने अडानमा रहेका छन् । अध्यक्ष केपी ओलीसँग एकताको प्रयास गरिरहेका केही नेताहरुले भने सरकारमा जानै नहुने तर्क गरिरहेका छन् ।

तर, शनिबार मात्रै ओलीले नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको आरोप लगाउँदै नेपाललाई एमालेमा कुनै स्थान नभएको स्पष्ट पारेका थिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : २९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११