३ चैत्र २०८२, मंगलबार | March 17, 2026

तुइन घटनाको छानविन गर्न गृह मन्त्रालयबाट छानविन समिति गठन



काठमाडौं । भारतीय एसएसबीले तुइन काटिदिएपछि माहाकाली नदिमा खसेर एक नेपाली युवकको मृत्युको सम्बन्धमा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालयले घटनाको सम्बन्धमा स्थलगत छानबिन गरी सत्य तथ्यसहित १० दिन भित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री स्तरको निर्णयबाट गठन गरिएको छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन्।

गत शुक्रवार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए । धामी अझै फेला परेका छैनन् । भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ।

बेपत्ता धामीका परिवारका सदस्यले भारतीय प्रहरीमा एसएसबीका विरुद्ध एफआईआर दर्ता गराएको छ भने जिल्ला स्थानीय प्रशासनबाट पनि सुरक्षा अङगका अधिकारीहरुलाई घटनाको सत्यतथ्य पत्ता लगाउन खटाईसकेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : ३१ बजे

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई