२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद विमला वलीको अज्ञात स्थलबाट विज्ञप्ति सार्वजनिक, एमालेमा रहेको खुलासा



बुटवल । गत शुक्रबारबाट सम्पर्क विहिन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ । वलीले गत बैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षर सहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको कहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । वलीले आफु एमालेकै संसदीयदलको सदस्य रहको विज्ञप्तिमा जनाएकी छिन् ।

दाङ निर्वाचान क्षेत्र नम्बर ३ (क)बाट उप-निर्वाचनमा निर्वाचित वलीले गत बैशाखमा आफु राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरकी थिईन् । उनका श्रीमान उत्तरकुमार वलीले चुनाव जितेको क्षेत्रमा उनको सवारी दुर्घटनाबाट मृत्यु भएपछि उप-निर्वाचनमा विमलालाई उम्मेदवार बनाईएकाे थियो । नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार बैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

पत्रकार सम्मेलनमा आफुलाई राजनीतिक र पारिवारिकरुपमा माओवादीबाट सहयोग र संरक्षण प्राप्त भएका कारण आफुले माओवादी रोजेको बताएकी थिईन् । तर आज अपरान्ह सार्वजानिक भएको विज्ञप्तिमा सुर्य चुनाव चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोज्नु कानुनीरुपमा ठिक नभएको उल्लेख गरेकी छिन् । पार्टी विभाजन भएपछि पनि आफु एमाले संसदीयदलमा सहभागी भएको भन्दै आफु एमालेमै रहेको विज्ञप्तिमा लेखिएको छ ।

माओवादी केन्द्रले सांसद वली पार्टीको सम्पर्कमा नरहेको र एमालेबाट अपहरण भएको हुन सक्ने अनुमान लगाईरहेका बेला अज्ञात स्थानबाट वलीको विज्ञप्ति सार्वजानिक भएसँगै विज्ञप्तिको आधिकारिकता माथि पनि आशंका उत्पन्न भएको छ । सांसद वलीलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा घण्टी गएपनि उठेन ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ३९ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य