११ चैत्र २०८२, बुधबार | March 25, 2026

कर्णालीमा ओली पक्षको जीत, ह्वीप उल्लंघन गर्ने ४ एमाले सांसद पदमुक्त



सुर्खेत । कर्णालीका ४ जना सांसदको पद गएको छ । सवोच्च अदालतले एमालेले दिएको भ्याकेट निवेदनको सुनुवाई गर्दै पार्टीले गरेको कारवाही सदर गरिदिएपछि ४ एमाले सांसद पद मुक्त भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासबाट आज एमालेले गरेको कारवाहीलाई सदर गरेको थियो ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेकोमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले दशौं महाधिवेशन आयोजक कमिटी प्रति नै कानुनी प्रश्न उठाउँदै अन्तरिम आदेशबाट कारवाही बदर गरेको थियो । अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले असार ७ मा भ्याकेट निवेदन दिएका थिए ।

यसअघि एमाले केन्द्रीय कमिटीबाट बनेको दशौ महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटी मान्न अदालतले अस्विकार गरेको थियो । केन्द्रीय कमिटीले निर्णय गरेर गठन भएको आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको भन्दै त्यसबाट भएको कारवाहीलाई मान्यता दिन ओलीले भ्याकेट हालेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ५१ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई