२० मंसिर २०८२, शनिबार | December 6, 2025

वीरगन्जका १५३ फर्मलाई कारवाही, ४५ लाख जरिवाना



वीरगन्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले विभिन्न अभियोगमा १५३ व्यापारिक फर्मलाई कारवाही र जरिवाना गरेको छ ।

बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई विभागले कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको हो ।

कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको हो । सबैभन्दा बढी वीरगञ्जस्थित एसआर रेडिमेड उद्योगलाई तीन लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाउने गरिएको पाइएकाले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो ।

यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई दुई लाख ५१ हजार र माई स्थान चोकमा रहेका गगन ट्रेडिङ हाउसलाई रु दुई लाख जरिवाना गरिएको सो कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका–३ स्थित घरसंसार पसललाई तीन लाख जरिवाना गरिएको छ । ती व्यापारिक फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरी कारवाही गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले बताए ।

उक्त कार्यालयले सो आर्थिक वर्षमा पर्सामा ६३, बारामा १८, रौतहटमा आठ, सर्लाहीमा १८, धनुषामा छ, महोत्तरीमा आठ, मकवानपुरमा नौ र चितवनमा २३ फर्मको अनुगमन गरी जरिवाना गरेको हो ।

नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी गर्दै कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले भने, “जरिवाना गरिएको फर्महरुले तोकिएकै समयमा कार्यालयमा उपस्थित भई जरिवाना बुझाएका हुन् ।” उनका अनुसार कार्यालयले प्रदेश २ को आठ जिल्लासहित मकवानपुर र चितवनसहित १० जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : ०२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल