२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सांसद विमला वलीको साविती बयान : मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, भूमिश्वर ढकाल र मानबहादुर रावतले दबाब दिए



बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली खत्रीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको खुलासा गरेकी छिन् ।

बुटवलमा आज पत्रकार सम्मेलन गर्दै सांसद वलीले बुटवलस्थित मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफुलाई साउन १५ गतेदेखि हिजोसम्म बन्धक बनाइएको खुलासा गरेकी हुन् ।

तीन दिन अघि मात्र एमालेमा वलीको नाममा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै एमालेमा फर्किएको कुरा सार्वजनिक गरिएको थियो । तर, पत्रकार सम्मेलनमार्फत साविती बयान दिएकी सांसद वलीले आफु नेकपा माओवादी केन्द्रमै रहेको स्पष्ट पारेकी छिन् ।

वलीले आफु दाङमा भएको बेलामा नेपालगन्ज माइती जाने भन्दै सँगै लगेर एमालेका मानिसले पूर्वपश्चिम राजमार्गको अमिलिया भन्नेस्थानबाट बुटवलतर्फ लगेको बताइन । आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको बताउँदै वलीले मुख्यमन्त्री निवसमा सरस्वती गौतम र कमला विकसँग सँगै राखिएको बताइन ।

तर, अमिलियाबाट बुटवल फर्काउँदै नै आफु अपहरणमा परेको थाहा पाएको बताउँदै वलीले मुख्यमन्त्री निवासबाट बाहिरिने उपायको खोजीमा रहेको बताइन । हिजो आफुलाई राखिएको कोठामा गौतम र विक केहीबेर नभएको मौका पारी निवासको तल्लो तलासम्म खाली खुट्टा र त्यसपछि बाथरूमको चप्पल लगाएर बाहिरिएको जानकारी गराइन । आफ्नो चप्पल लगाउँदा भर्याङ्मा आवाज आउला भनेर खाली खुट्टा तल्लो तलासम्म ओर्लिएको उनले बताइन । त्यसपछि कानमा मोवाइल हालेर कुरा गरेजस्तै गरेर बाहिर निस्कँदा सुरक्षाकर्मीले वास्ता नगरेको उनले बताइन ।

वलीले आफुलाई जवरजस्र्त एमाले बन्न दबाब दिएको पनि खुलासा गरिन । दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित वलीले आफु दाङमै भएको बेलामा एमालेका सांसद भुमिश्वर ढकाल र मानबहादुर रावतले दवाव दिएको आरोप लगाइन । वलीका अनुसार मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरौं भनेर लगेका उनीहरुले माईन्युटमा हस्ताक्षर गरेर मात्र छाडिने कुरा गरेका थिए ।

आफुलाई नेपालगन्ज सँगै जाने भनेर यौटै गाडीमा लगे पनि पूर्वपश्चिम राजमार्गको अमिलिया पुर्याएर नेपालगन्ज नगली बुटवल ल्याइएको उनले स्पष्ट पारिन् ।

 

 

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : ३४ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको