२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनीका विपक्षी दलको आरोप : मुख्यमन्त्रीको नेतृत्वमा सांसद अपहरण गरियो



बुटवल । सांसद विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइको भन्दै प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई उनकै घरबाट अपहरण गरी शरीर बन्धक बनाएको घटनाको भत्र्सना गरेका छन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको जनाएका छन् । पोखरेल सरकारे बैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भएयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा संचालन भैआएको सर्वविदितै भएको उनीहरुले जनाएका छन् ।

विज्ञप्तिमा अविश्वासको प्रस्तावका सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिस्कार गर्ने, अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना भैरहेको जनाउँदै भनिएको छ, ‘अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँ पनि मुख्यमन्त्री स्वयं सांसद अपहरण, धम्की र किनवेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न हुँदै गरेको त होइन भन्ने गम्भीर आशंका जन्माएको छ ।’

दलहरुले सरकारको नेतृत्वले अपहरणजस्ता आपराधिक घटनामा प्रत्यक्ष संलग्नता हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापममा पर्ने आशंका गरेका छन् । उनीहरुले प्रदेश सरकारलाई यस्ता आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुश्वप्न नदेख्न चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ०७ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा