१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना अपडेट : मृत्यु संख्या केही दिनयताकै उच्च, ५५ जना संक्रमितको मृत्यु,; २५४८ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या केही घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । तर यसअवधिमा परीक्षण संख्या घट्दा संक्रमितको संखया पनि घटेको देखिएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ३७८ जनामा मात्र परीक्षण भएको छ । जसमध्ये ९ हजार ३३ जनाले पीसीआर परीक्षण गराएकोमा २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा २०२९ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा मृत्यु हुनेको संख्या भने विगत केही दिन यताकै सबैभन्दा उच्च रहेको छ । मन्त्रालयका अनुसार ५५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज