१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

दुई प्रहरीलाई बर्खास्त गरिँदै



काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।

सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।

सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ ।

छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ । ‘अनुसन्धान सकियो, प्रश्नपत्र लिक भएको पुष्टि भएको छ, परीक्षा रद्द गर्न प्रतिवेदनमा सिफारिस गरेका छौं, केही प्रहरी कर्मचारीलाई कारबाहीका लागि पनि सिफारिस गरेका छौं, लेयर लेयरमा कारबाही सिफारिस भएको छ,’ छानबिन समितिका एक सदस्यले राजधानीसँग भने ।

ती प्रहरी अधिकारीका अनुसार दोषी प्रहरीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाही सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ६ : ३५ बजे

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत