१५ बैशाख २०८१, शनिबार | April 27, 2024

अझै रोकिएनन् बालविवाह



मान्म । कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो ।

किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो ।

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।”

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताए । बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ ।

जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  २ : १८ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन