१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बागलुङको कुश्मिशेरा स्वास्थ्य केन्द्र चिकित्सकविहीन



बागलुङ । बागलुङको कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययनका लागि हिँडेपछि बागलुङको जैमिनी नगरपालिका कोभिड अस्पतालसमेत सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा समस्या भएको हो ।

एक मात्रै चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुको भरमा सञ्चालन हुँदै आएको थियो । सरकारले गर्ने चिकित्सक परिचालनमा सूचीकृत भएर आउने चिकित्सकको समेत अवधि सकिएपछि सङ्कटको समयमा स्वास्थ्य केन्द्र समस्यामा परेको हो ।

यहाँ दरबन्दीमा रहेकी चिकित्सक सुस्मा चालिसे एक वर्षअघि देखि अध्ययन बिदामा छिन् । “उहाँ तलबी अध्ययन बिदामा हुनुहुन्छ, अर्को कोही राख्न मिल्ने कुरा भएन,” जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द आचार्यले भने, “मौजुदा जनशक्तिका आधारमा स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।”

वैकल्पिक अस्पताल नभएको र नजिकमा अन्य स्वास्थ्य संस्थासमेत नभएका गम्भीर प्रकृतिका बिरामीहरु सदरमुकाम धाउनुपर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रको नेतृत्व अहेवले गर्नुभएको छ ।

यसअघि सरकारको चिकित्सक परिचालन कार्यक्रमअन्तर्गत करारमा आएका चिकित्सक राजु भट्टराई क्षेत्रीको गत वैशाख १४ गते करार अवधि सकिएको थियो । उनी यहाँबाट बिदा भएसँगै अन्य चिकित्सक पठाइएको छैन । कोरोना सङ्क्रमणको अवस्था र तत्कालको समस्या समाधानका लागि उनलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो । “छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ,” आचार्यले भने, “कोही एक वर्षमा नै हिँड्नुहुन्छ, कसैले दुई वर्ष अवधि पूरा गर्ने गर्नुभएको छ ।”

यो स्वास्थ्य केन्द्रमा दरबन्दीमा आउने मेडिकल अधिकृत चिकित्सक अधिकांशले तलबी अध्ययन बिदा लिने गरेका कारण उपचारमा समस्या हुने गरेको छ । करारमा सरकारले चिकित्सक पठाउन थालेपछि केही राहत भएको स्वास्थ्य केन्द्रमा पछिल्लो समय समस्या बल्झिएको हो ।

चिकित्सक तथा दक्ष जनशक्ति नभएका कारण यहाँ ल्याइएका उपकरणहरुसमेत थन्किएका छन् । एक्स–रे मेशिन पाँच वर्षदेखि भण्डारण गृहमा थन्किएको छ । भिडियो एक्स–रेका लागि ल्याइएको मेशिनसमेत जनशक्तिको अभावकै कारण थन्क्याउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । तीन अनमी र एकजना स्टार्फ नर्सले गर्भवतीको जाँचमा मात्रै भिडियो एक्स–रेको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ४ : १५ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय