३ पुस २०८२, बिहिबार | December 18, 2025

तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।

तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यु.एन.डी.पी.) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा रहेको छ ।

परियोजनाले यसअघि नैं किसानहरुलाई विभिन्न कृषि उपकरण सहयोग गरेकोमा पछिल्लो पटक धान काट्ने मेसिन, आलु लगाउने मेसिन, च्याउ बनाउने मेसिनहरु सहयोग गरेको हो । किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरणहरु सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लो पटक परियोजनाले वडा नं. ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं. १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं. १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामाग्री हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले कृषिको आधुनिकीकरणको लागि यान्त्रिकीकरण अपरिहार्य रहेकोले परियोजना अन्तर्गत् किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए । तिलोत्तमा नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख घिमिरेले नगरपालिकाले अघि सारेका कार्यक्रमबाट लाभ उठाउन किसानलाई आग्रह गरे ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले उपलब्ध गराइएका कृषि उपकरणको सदुपयोग गरेर उत्पादन क्षमता बढाइनुपर्नेमा जोड दिँदै नगरपालिकाले किसानको हीतका लागि विभिन्न कार्यक्रम सञ्चान गरेको बताइन । यु.एन.डी.पी. का लुम्बिनी तथा गण्डकी प्रमुख सुदीप अर्यालले किसानको आवश्यकता र प्रयोगको औचित्यका आधारमा नगरपालिकाको समन्वयमा अन्य किसानलाई समेत कृषि उपकरणमा सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

कृषि उपकरण हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, सहकारीकी अध्यक्ष सीता न्यौपाने, व्यवस्थापक जमुना गिरीलगायतले परियोजना अन्तर्गत् भएका कामहरुको बारेमा जानकारी गराएकी थिइन ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न तिलोत्तमा नगरपालिकामा गत वर्षदेखि व्यवसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यवसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत् गत वर्ष झण्डै ६५ बिगाहामा बीज वृद्धिको लागि आलु खेती गरिएको थियो ।

उत्पादित आलु यो वर्ष बीउको रुपमा प्रयोग गर्नेगरी शीतभण्डारमा राखिएको छ । परियोजनामार्फत् तिलोत्तमा नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाइने नगर प्रमुख बासुदेव घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ९ : ४५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन