२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा चोरी भएको मोटरसाईकल पाल्पाको अर्गलीमा फेला, चोरी गर्ने व्यक्ति प्रहरीलाई ढाँटेर फरार



बुटवल । बटौली बेकरी क्याफेको पार्किङबाट चोरी भएको मोटरसाइकल चोरी गर्ने मुख्य व्यक्तिलाई प्रहरीले कारवाही नगरि छाडिदिएको छ ।

पाल्पाको अर्गलीमा चोर सहित फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाएपनि प्रहरीले चोरी गर्ने युवालाई विना कारवाही छाडिदिएको छ । बुटवलको पाल्पा बसपार्कमा छेउमा संचालित क्याफेबाट भदौ ४ राती राति ९ः३० बजेतिर चोरी भएको थियो ।

बुटवलका ब्यवसायी दिनेश श्रेष्ठको २२० सीसीको लु ७७ प ८२४७ को सेतो रङको पल्सर आईतबार राती पाल्पाको अर्गली प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकल सहित बुटवल देवीनगरको आलमदेवी वर्कसपमा काम गर्ने आर.एन शर्मा पनि पक्राउ परेका थिए, तर पक्राउ परेका शर्मालाई प्रहरीले एकरात नियन्त्रणमा राखेर छाडिदिएको छ । प्रहरीले भने चोरी गर्ने शर्माले मोटरसाइकलको कागजपत्र ल्याउँछु भनेर गएको र फरार रहेको दाबी गरेको छ ।

नियमित चेकजाँचका क्रममा कागजपत्र नभएपछि सो मोटरसाईकल प्रहरीले राखेर शर्मालाई कागजपत्र लिन पठाईएको र उनी फर्केर नआएपछि मात्र मोटरसाईकल चोरीको भएको खुलेको पाल्पा प्रहरीका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए । रातभरी नियन्त्रणमा रहेकाे विषयमा भने उनले केहि बताएनन् ।

मोटरसाइकल पाल्पा अर्गलीबाट बुटवल ल्याएको मोटरसाइकल धनि दिनेश श्रेष्ठले जानकारी दिए । ३ लाख ६० हजार मुल्यमा खरिद गरेको मोटरसाईकल किनेको ५ दिनमै चोरी भएको थियो ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १० : १९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय