१५ चैत्र २०८२, आइतबार | March 29, 2026

झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जनाले गरे आत्महत्या



झापा । झापाको कनकाई नगरपालिका-१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर बर्कीले बाँधेर झुण्डिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

मृतक रवीन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाडौंसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयवासीले बताएका छन । स्थानीयवासीका अनुसार रवीन वैदेशिक रोजगारमा स्थानीय युवालाई पठाउने एजेन्टका रुपमा काम गर्दै आएका थिए । आत्महत्या गर्नुपर्ने कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १२ : २१ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई