२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बुधबार बिहान ११ बजे पार्टीका पदाधिकारीसहित अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

पार्टीको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार एमाले विभाजन नरोजेका दोस्रो तहका नेताहरुसँग सहमति भएपछि यसले पार्टीमा पार्ने प्रभाव, पार्टीमा देखिएको विभाजन र देशको समसामयिक राजनीतिक विषयमा ओलीले आफ्ना दृष्टिकोण राख्नेछन ।

हिजोको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरुसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । बैठकपछि पार्टी एकताको सन्देश दिन नेताहरुले सामूहिक तस्बिर खिचाएका थिए ।

आजै एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ८ : ३३ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट