२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले केन्द्रीय कमिटी बैठक : सभामुख र निर्वाचन आयोग विरुद्ध कानुनी उपचारमा जाने निर्णय



काठमाडौं । निर्वाचन अयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय गर्दै नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।

बैठकले एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई पदमुक्त नगरेको तथा कारवाहीमा परेकाहरुको समेत सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार एमाले केन्द्रीय कमिटीले १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको हो ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको उनले बताए ।

ठकले देशैभरका पालिकाको अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ भने संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको समेत ज्ञवालीले बताए ।

भदौ १६–२० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने, भदौ २५–२६ गते स्थायी कमिटी बैठक र २७–२८ गते केन्द्रीय कमिटी बैठक गर्ने निर्णय भएको बताइएको छ ।

पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते गर्ने, देशैभरका सम्पूर्ण वडा अधिवेशन कात्तिक ६ गते गर्ने, देशैभरका पालिका अधिवेशन कात्तिक ९ गते गर्ने, १०औं राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय भएको जनाइएको छ ।

राष्ट्रिय जनगायक स्व. जेबी टुहुरेप्रति बैठकले शोक प्रस्ताव पारित गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ४ : ४३ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल