१५ चैत्र २०८२, आइतबार | March 30, 2026

भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु



बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ बैतडीका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी लगिएको थियो ।

उनको धनगढीस्थित मायामेट्रो अस्पतातमा उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ७ : ३७ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा