२२ बैशाख २०८१, शनिबार | May 4, 2024

भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु



बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ बैतडीका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी लगिएको थियो ।

उनको धनगढीस्थित मायामेट्रो अस्पतातमा उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । उनका श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ३७ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको