१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रोकिएन बुटवलको ज्योतिनगरमा पहिरो खस्ने क्रम : आज थप ७ घर पुरिए



बुटवल । अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा क्षति पु¥याउने क्रम आज पनि जारी रहेको छ । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको छ ।

आज बिहनै देखि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएका कारण त्यस क्षेत्रमा थप जोखिम उत्पन्न भएको छ । आईतबार देखि निरन्तर बगेको बाढी नरोकिएकाले क्षति न्युनिकरणमा प्रयास थाल्न नसकिएको प्रहरीले जनाएको छ । आईतबारबाटै उद्दार र स्थानान्तरमा खटिएको नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले केहि स्थानीयबासीलाई बुटवल बहुमुअी क्याम्पसमा सारेको छ । स्थानीयबासीहरु बहुमुल्य सामान लिएर सुरक्षित स्थानतर्फ आफैपनि सरिरहेका छन् ।

आइतबार बिहान उज्यालो भएपछि मात्र पहिरो खसेकाले घरमा रहेका स्थानीयहरु भागेर सुरक्षित स्थानमा पुगेकै कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  २ : ४० बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै