११ पुस २०८२, शुक्रबार | December 26, 2025

रोकिएन बुटवलको ज्योतिनगरमा पहिरो खस्ने क्रम : आज थप ७ घर पुरिए



बुटवल । अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा क्षति पु¥याउने क्रम आज पनि जारी रहेको छ । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको छ ।

आज बिहनै देखि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएका कारण त्यस क्षेत्रमा थप जोखिम उत्पन्न भएको छ । आईतबार देखि निरन्तर बगेको बाढी नरोकिएकाले क्षति न्युनिकरणमा प्रयास थाल्न नसकिएको प्रहरीले जनाएको छ । आईतबारबाटै उद्दार र स्थानान्तरमा खटिएको नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले केहि स्थानीयबासीलाई बुटवल बहुमुअी क्याम्पसमा सारेको छ । स्थानीयबासीहरु बहुमुल्य सामान लिएर सुरक्षित स्थानतर्फ आफैपनि सरिरहेका छन् ।

आइतबार बिहान उज्यालो भएपछि मात्र पहिरो खसेकाले घरमा रहेका स्थानीयहरु भागेर सुरक्षित स्थानमा पुगेकै कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  २ : ४० बजे

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर