१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

राजनीतिक दबाबले बालविवाह बढ्दो



जाजरकोट । गरिब परिवारमा मात्र नर्भ शिक्षित परिवारमासमेत बालविवाह हुने क्रम अझैसम्म रोकिएको छैन । कुलतमा फसेको छोरा सुर्धानदेखि बुढेसकाल लागेका आमाबाबुलाई नातिनातिना देख्ने रहरका कारण बालविवाह गर्ने क्रम बढेको पाइएको छ ।

अभिभावकको निगरानी कम हुनु, विद्यालयमा बिताउने अधिकांश समयमा शिक्षामा ध्यान नदिनु, शिक्षकले पनि सबै विद्यार्थीको निगरानी गर्न नसक्नु, कुलतमा फस्नुजस्ता कारणबाटै बालविवाह हुने गरेको बताइएको छ ।

बालविवाह रोक्नका लागि गरिएका प्रयाससमेत राजनीतिक दबाबका कारण ओइलाएको भेरी नगरपालिका–४ का अध्यक्ष खम्बजङग शाहले बताए । उनले भने, “बालविवाह गरेको सूचनाका आधारमा विवाह रद्द गर्न प्रहरीले पक्राउ गरे पनि राजनीतिक दबाबले गर्दा सफल हुनसकेको छैन । यसमा हामी राजनीतिक दल नै दोषी छौँ।”

कांग्रेस निकट मान्छेलाई प्रहरीले पक्राउ गरे पनि एमालेका तथा माओवादीका नेताले फोनमार्फत छाड्न दबाब दिँदै जान्छन्, अनि कसरी सुध्रिन्छ ?” महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भनिन्, “मुखले सबै ठिक छ भन्ने तर व्यवहारमा जिरो, त्यसैले व्यवहारमै सुधार नहुँदा समस्या भइरहन्छ ।”

आइतबार जाजरकोट सदरमुकाममा सरोकारवाला निकायको उपस्थितिमा राष्ट्रिय बालअधिकार परिषद्को आयोजनामा भएको छलफलमा यो कुरा उठेको थियो । बालबालिकाका हितमा नीति निर्माण भए पनि त्यो कार्यान्वन नहुँदा समस्या भएको सचिव खतिवडाले बताइन ।

ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच नहुनु, बालविवाह गर्दाको समस्या र चेतनाको अभावका कारण विवाह मौलाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ थियो । उनले भने,“ जिल्लामा ६५ प्रतिशतभन्दा बढी बालविवाह हुने गरेको छ, त्यो सबै खालका परिवारमा यथावत छ । विद्यालयमा बालविवाह न्यूनीकरणकै कार्यक्रम सञ्चालन भएकै ठाउँमा पनि थुप्रै बालविवाह हुने गरेको छ ।” केड नेपाल नामक संस्थाको सहयोगमा नलगाड नगरपालिका–८ मा बालविवाह न्यूनीकरण कार्यक्रम विगत चार वर्षदेखि लागू गरिए पनि सो अभियानमा लागेकाले नै बालविवाह गर्दा कार्यक्रम नै असफल भएको थियो ।

त्यस्तै भेरी नगरपालिकाको विभिन्न क्षेत्रमा समेत यही कार्यक्रम लागू गरिए पनि त्यही बढी बालविवाह हुने गरेको पाइएको छ । घरमा काम गर्ने मान्छे नभएको भन्दै बालविवाह गर्नेको सङ्ख्या अत्यधिक छ । जाजरकोट मात्र होइन, कर्णाली प्रदेशमै यस्तै स्थिति रहेको सचिव खतिवडाले बताइन ।

सदरमुकाम बसेर दुर्गम गाउँका बाल विवाह र घरेलु हिंसाका विषयमा सुनुवाइ नहुने अन्य सरोकार निकायका पदाधिकारीले बताए । बालअधिकार संरक्षणमा बाधक बनेको गरिबी र अशिक्षासँगँंगै रुढीगत अन्धविश्वास र कुप्रथा पनि रहेको उनीहरूको निष्कर्ष थियो ।

भौगलिकरुपमा विकट मात्र नभएर चरम गरिबी भएका कारण जाजरकोटबाट धेरै गर्भवती महिलालाई राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत नेपाल सरकारले उद्धार गर्नुपर्ने अवस्था रहेको सचिव खतिवडाले बताइन । अनाथ बालबालिकाको व्यवस्थापन गर्ने जिम्मा नेपाल सरकारले लिने भएकाले सिफारिससहित राष्ट्रिय बालअधिकार परिषद्लाई जानकारी दिन उनले सबैलाई आग्रह गरिन् ।

हाल जिल्ला बालकल्याण समिति नभए पनि टुहुरा बालबालिकाको व्यवस्थापनका लागि आफूले नै सिफारिस गर्दै आएकोे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । व्यवस्थापनका लागि सिफारिस गरिएका मध्ये कतिपय बालबालिले जोखिमपूर्ण श्रम गर्नुपर्ने अवस्थामा पुग्ने भएकाले सिफारिस गर्दा धेरै कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव उमेश ढुङ्गाना, राष्ट्रिय बालअधिकार परिषद्मा कार्यरत डम्बर रोकायले यस्ता विषयमा आफूहरू सचेत रहेको बताए ।

रासस

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : २४ बजे

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।