६ पुस २०८२, आइतबार | December 21, 2025

मन्त्रिपरिषदले सिफारिस गरेको ४ वर्ष पछि बाँकेका २ स्थानीयतहको संरचना परिवर्तन, आजबाट खजुरा नगरपालिका



नेपालगन्ज । नेपाल सरकारले २०७४ सालमा घोषणा गरेको बाँकेका दुई स्थानीयतहको संरचना ४ वर्ष पछि राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा आज प्रकाशित सूचना अनुसार बाँकेको राप्ती सोनारी गाँउपालिाका टुक्रियाको छ भने गाँउपालिकाकारुपमा रहेको खजुरा गाँउपालिका आजबाट नगरपालिकामा रुपान्तरित भएको छ ।

नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेर राप्ती र सोनारी गाँउपालिका घाषणा गरेको थियो भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेको भन्दै सर्वोच्चमा मुद्दा परेर पछि कार्यान्वयनमा रोक लगाईएको थियो । सवोच्चले बाटो खोलिदिएसँगै आज प्रकाशित राजपत्रको सूचनामा राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ भने खजुरा गाँउपालिकालाई खजुरा नगरपालिका नामाकरण गरिएको छ । राजपत्रका अनुसार अब बाँकेमा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका भएका छन् ।

नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको निर्णयलाई सूचीकृत गरिएको छ । आगामी निर्वाचनमा चुनिएर आउने गाउँसभा तथा नगरसभाले निर्णय गरे बमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रको सूचनामा उल्लेख छ ।

राजपत्रमा उल्लेख भए बमोजिम अहिलेको खासकुश्मा, कचनापुर र महादेवपुरीका केही वडाहरु समावेश गरी राप्ती गाँउपालिका टुक्राईएको छ, जसको कुल जनसँख्या २३४१७ रहेको छ भने क्षेत्रफल ७९०दशमलव ३१ वर्ग किलोमिटर रहेको छ । त्यसैगरि रनियापर, सोनपुर, उढरापुर, बागेश्वरी, सितापुर र राधारपुर गाँउविकास समिती गाभेर खजुरा गाँउपालिका बनाईएको छ । १०१.९१ वर्ग किलोमिटर क्षेत्रफल र ५ लाख ९ सय ६१ जनसंख्या रहेको आधारमा खजुरा क्षेत्रलाई खजुरा गाँउपालिका घोषणा गरएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : ५५ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा