२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर



काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ ।

यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ ।

यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई पठाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई भने सोही स्थानमा यथावत् राखिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ६ : ३५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका