५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

प्रदेश २ का थप २ जना एमाले सांसद एकीकृत समाजवादीमा प्रवेश



जनकपुरधाम । प्रदेश २ प्रदेशसभामा रहेका नेकपा एमालेका थप दुई जना सांसद एकीकृत समाजवादीमा खुलेका छन् ।

एमाले सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आज एकीकृत समाजवादी रोजको सनाखत गरेका छन् । विश्वकर्मा एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन् । दुवै जना सांसदहरु गत बिहीबार वीरगन्जमा आयोजित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए ।
बिहीबार नै सनाखत गर्ने भनिएपनि उनीहरु मुल पार्टीकै कार्यक्रममा सहभागी भएपछि एकीकृत समाजवादीमा नजाने अनुमान गरिएको थियो । त्यतिबेला उनीहरुले मौसम खराब भएका कारण आफुहरु सनाखत गर्न आउन नसकेको बताएका थिए ।

प्रदेशसभामा एमालेका २१ जना सांसदहरु रहेका मध्ये १२ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका अर्का एक जना सांसद डिल्ली उप्रेतीले पनि नेपाली दूतावासमार्फत सनाखत गराउने बताएका छन् । उप्रेतीसमेत गरेर १३ जना सांसद एकीकृत समाजवादीमा प्रवेश गर्दा एमाले सांसदको संख्या ८ मा झर्ने भएको छ ।

यसअघि, शत्रुधन महतो, प्रमोद यादव, गोविन्दबहादुर न्यौपाने, मन्जु यादव, हसिमा खातुन, अशोक यादव, मदनसेन श्रीवास्तव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र यादवले गत बिहीबार नै एकीकृत समाजवादी रोजेको सनाखत गराइसकेका छन् ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  १ : ०८ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको