२३ बैशाख २०८१, आइतबार | May 6, 2024

४ किलो सुन काण्डले नेपाल ज्वेलर्सको गैरकानुनी धन्दाको पर्दा खुल्दै, नेपालगन्जका ३ सुन पसलमा राजश्वको छापा



नेपालगन्ज । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जाँचलाई चुनौती दिँदै जुत्ताको तलुवामा सुन राखेर नेपालगन्ज पुगेका २ जनाको लहरोले धेरै सुन व्यवसायीको निद हराम हुने संकेत देखाएको छ ।

विशेष सूचनाका आधारमा जुत्तामा सुन लुकाएर नेपालगन्ज पुगेको २ जना पक्राउ परेसँगै गैरकानुनीरुपमा हुण्डी र व्यक्तिगत खातामा पैसा पठाएर हुँदै आएको सुन तस्करीको पर्दा खुल्न थालेको हो ।

सामान्य सुन पसल गरेको २-४ वर्ष नपुग्दै अथाह पैसा कमाएका सुन व्यवसायीहरुमाथि सरकारबाट खासै अनुसन्धान नभईरहेका बेला पछिल्लो ४ किलाे बढी सुन प्रकरणले ‘लहरो तान्दा पहरो भत्कने’ संकेत देखा परेको हो । पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएको सुनको बिल बिजकका आधारमा नेपालगन्जका सुन व्यवसायीहरुले लामो समयदेखि सुनको अवैध कारोबार गर्दै आएको खुलेको राजश्व अनुसन्धान स्रोतहरुले उल्लेख गरेका छन् ।

तस्करी मार्फत सुन ल्याउने घटनामा पक्राउ परेका व्यक्तिहरुको राजश्व अनुसन्धानका अधिकारीहरुले शुरु गरेको छानवीनको क्रममा १ हप्तामा २ देखी ३ पटक काठमाण्डौबाट नेपालगञ्ज नियमित आउने–जाने गरेको र नेपालगन्जका व्यवसायीहरुलाई सुन आपुर्ति गर्ने गरेको खुलासा भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले नेपालगन्ज आउने क्रममा फरक फरक एयरलाइन्सहरु प्रयोग गर्ने गरेको समेत पाईएकोे छ ।

काठमाण्डौंबाट नेपालगञ्ज तर्फ गैरकानुनी रुपमा सुन ओसार–पसार भइरहेको गोप्य सूचनाको आधारमा बाँके प्रहरीले शुक्रबार नेपालगञ्ज एयरपोर्टबाट ४ दशमलव २१ केजी सुन सहित २ जनालाई पक्राउ गरेको थियो। उनीहरु पक्राउ परेसँगै सुन व्यवसायीहरुले नेपाल ज्वेलर्स, सन्जिव ज्वेलर्स र न्यु नेपाल ज्वेलर्सको नाममा सुन खरिद गरेको बिल बिजक देखाएर घटना सामसुम पार्ने प्रयास समेत गरेका थिए । पक्राउ परेकाहरुले आफुहरुले सुन ल्याएर नेपालगञ्जका विभिन्न सुन व्यापारीहरू लाई पटक पटक दिने गरेको साविती बयान दिएपछि ३ वटै सुन पसलहरु अनुसन्धानको दायरामा परेका छन् ।

आइतबार कोहलपुरस्थित राजश्व कार्यालयको टोलीले तस्करीको सुनको कारोवारो गर्ने बयान तथा डकुमेन्टबाट खुलेका ३ वटा पसलमा छापा मारेर अनुसन्धान सुरु गरेको छ। अनुसन्धानको क्रममा सदरलाइन, त्रिवेणी मोडस्थित अनिस जसगढको नेपाल ज्वलर्स, सन्जिव ज्वेलसै र न्यु नेपाल ज्वेलर्समा छापा मारेर ती पसलहरुका खाता नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

अनिस जसगढका सहोदर दाजु सकिल जसगढले आवरणमा सुनको कारबार देखाएपनि गैर–कानुनी कारोबार यार्चागुम्वा, प्रतिबन्धित जडिबुटीको कारोबार गर्ने गरेको बताईन्छ । पछिल्लो १० वर्षको अवधिमा अकुत सम्पती आर्जन गरेका अनिस र सकिल दाजुभाई माथि कुनै निकायवाट कानुनी दायरामा ल्याउन पहल नभए पनि सुन प्रकरणमा भने उनीहरुको संलग्नता देखिएको छ ।

त्यसैगरी राजश्व अनुसन्धानको टोलीले त्रिवेणी मोड मै रहेको सन्जीव ज्वलर्स र न्यूरोड भानुचौक नजिक जमिल जसगढको न्यू नेपाल ज्वलर्समा छापा मारेर अनुसन्धान कार्यको सुरुवात गरेको छ।

बिल भेटिएका तीनै फर्मका संचालकहरुले तस्करीमार्फत सुन मगाएर काठमाण्डौ भन्दा प्रतितोला ३५०० बढी लिएर साना व्यापारीलाई बिक्री गर्ने र सिमावती भारतको बजारमा तस्करी गर्ने गरेको समेत स्रोतको दाबी छ ।

काठमाण्डौंबाट नेपालगन्ज लागि उडेको श्रीएयलाइन्सको फलाइट नम्बर SHA ४३३ नम्बरको फ्लाईटबाट शुक्रबार दिउसो २ बजे नेपालगन्ज अवतरण गरेका मोरङ्ग लेटाङ्ग गाविस वडा नम्बर २ घर बताउने बर्ष २८ को बुद्दिमान खाती र झापा खादुनावारी गाविस वडा नम्बर ६ अमिर लगुन विकले जुत्तामा लुकाएर ल्याएको ४ दशमलव २१ केजी सुन सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

ठुलो मात्राको सुन बैंकमार्फत मात्र खरिद गर्नुपर्ने कानुनी व्यवस्था भएपनि बिलमा उल्लेख भएका व्यवसायीहरुले लामो समयदेखि गैरकानुनी तरिकाबाट सुनको कारोवार गर्दै आएका थिए । गैर कानुनी सुन खरीद विक्री गर्ने उपभोक्ता पनि कानुनी दायरामा आउने अनुसन्धान कार्यालयका प्रमुख पोखरेलले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ५२ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa